|

सामसुङ ग्यालेक्सी एसथ्री पड्कियो


डब्लिन, असार १० (एजेन्सी)- सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले आयरल्यान्डमा एक प्रयोगकर्ताको कारभित्र आफ्नो नयाँ उत्पादन ग्यालेक्सी एस थ्री मोबाइल पडकिएको समाचारबारे छानबिन थालेको बताएको छ।
एप्पलको आइफोनसित प्रतिस्पर्धा गर्ने सामसुङको यो उत्पादन युरोपमा गत मे २९ मा बिक्री थालिएको थियो।

डब्लिनका एक उपभोक्ताले बुधबार  एउटा वेबसाइटमा  कारभित्रको ड्यासबोर्डमा राखेको बेला मोबाइल पड्केको भन्दै फोटो राखेका छन्।

सामसुङका स्मार्टफोनहरु बढी तात्ने समस्या यसअघि पनि देखिएको थियो। गत मार्चमा एक कोरियाली स्कूले विद्यार्थीले ग्यालेक्सी एस टुको ब्याट्री गोजीमा राखेको बेला पड्किएको थियो।

Posted by Butwalonline on 7:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सामसुङ ग्यालेक्सी एसथ्री पड्कियो"

Leave a reply