बाढीले बगाउँदा एकै परिवारका तीनजना बेपत्ता
ताप्लेजुङ,असार १० - अविरल बर्षा पछि आएको बाढीले बगाउँदा ताप्लेजुङमा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । स्थानिय साँवा खोलाले बगाएर लिम्खीम गाविसका एउटै परिवारका तीनजना बेपत्ता भएकाहुन् ।
खेलमा काम गरेर अवेर मात्र घर र्फकने क्रममा गएराती लिम्खिम ९ सिवाका धनप्रसाद सुनुवारकी श्रीमती धनमायाँ सुनुवार उनका बालकुमार सुनुवार र नाती सुमन सुनुवारलाई खोलाले बगाएको हो ।
उनीहरुको अवस्था अज्ञात रहेकाले स्थानियबासी र प्रहरीको सक्रियतामा आज बिहानैदेखि खोजिकार्य जारी राखेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट