जातिय पहिचान बिथोल्न खोजे भण्डाफोर आन्दोलनः आङ्गकाजी शेर्पा
देव पचभैंया
जेष्ठ २५, पाल्पा
नेपाल आदिबासी जनजाति महासंघका महासचिब आङ्गकाजी शेर्पाले जातिय पहिचान विथोल्न खोजे त्यसका विरुद्ध भण्डाफोर आन्दोलन गर्ने बताएकाछन् । जनजाति पत्रकार संघ पाल्पाले गरेको पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले एमाले र कागे्रस लगायत राष्ट्यि जनमोर्चा, जनशतिm, नेपाल मजदुर पार्टी लगाएतका दलहरु जातिय पहिचानको बिरुद्ध लागेकाले त्यसका विरुद्ध भन्डाफोरमा जनजाति महासंघले आन्दोलन गर्ने बताए ।
पत्रकारहरुसँगको भेटघाटमा आङ्गकाजी शेर्पाले आदिबासी जनजातिहरुले तत्काल पार्टी खोल्न नहुने बताउँदै उनले भने “बृहत छलफल र योजना बद्ध ढंगले पार्टी खोल्नु पर्छ, त्यसको लागी सबै पार्टीका जनजाति नेताहरु बिच छलफल भैरहेको छ । ”
सरकारले मंसिर ७ गते घोषणा गरेको निर्बाचन हुनै नसक्ने दाबी गर्दे उनले नेपालमा चुनाब हुन कम्तिमा २ बर्ष लाग्ने समेत बताएकाछन् । चुनाब गराउन कांगे्रस, एमाले, माओबादी र मधेशवादी कुनै पनि दल तयार नरहेको उनको आरोप थियो ।
जनजातिका केही नेतालाई एमाले काग्रेसले केही पद दिएर आन्दोलन तुहाउन खोजेको भन्दै उनले जनजातिहरु पद नभई पहिचानको लागी लडेकाले आन्दोलन तुहाउने दुस्प्रयास नगर्न दलहरुलाई चेतावनी समेत दिए ।
कार्यक्रम जनजाति पत्रकार संघका अध्यक्ष देब पचभैयाको अध्यक्षता र सचिब हरी बहादुर सारुको संचालनमा सम्पन्न भएको थियो ।