पाल्पामा सास्कृतिक संग्रालय बन्दै
मुक्तिप्रसाद न्यौपाने
जेष्ठ २५, पाल्पा
आदीवासी जनजातिहरुको पहिचान र कलासंस्कृतिको सम्वद्र्धनकालागि पाल्पा तानसेनको गोर्खेकोटमा सांस्कृतिक संग्रालय निर्माण हुने भएको छ ।
सङ्ग्राहालयकोे आदीवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापा र जनजाति महासंघका महासचिब आंकाजी सेर्पाले एक कार्यक्रमका बिच शिलान्यास गरेकाछन् । २ करोड ५० लाख रुपैयाको लागतमा सङ्ग्राहलय निर्माण हुन लागेको हो । तीन बर्ष भित्र निर्माणकार्य पुरा गर्ने लक्ष्य लिएको निर्माण कार्यकालागि हाल प्रतिष्ठान बाट १५ लाख २५ हजार, जिविस पाल्पाबाट १ लाख ७५ हजार र तानसेन नगरपालिकाबाट ४ लाख गरी २० लाख ७५ हजार रुपैया संकलन भएको र बाकी रकम जुटाउदै जाने भवन निर्माण समितिका संयोजक गमबहादुर थापाले बताए ।
संग्राहलयमा लोपन्मुख कलासंस्कृति, आदीवासी जनजातिहरुका जिवन शैली, पुर्खाहरुले गरेका योगदानका कुराहरु, पुर्खाका ईतिहासहरु, आदीवासी जनजातिहरुका रहन–सहन भेषभुषा, भाषासँस्कृतिहरु राखिने छन् । पाल्पामा कुल जनसंख्याको करीब ६५ प्रतिशत आदीवासी जनजाति रहेका छन । पाल्पामा १४ थरीका आदीवासी जनजातिहरुको वसोवास रहेको छ ।
संग्राहलयको बौद्ध विधि अनुसार पुजाआजा गरी शिलन्यास गरिएको थियो । संग्रालयको शिलन्यास कार्यक्रममा बोल्दै महासंघका महासचिव आङ्काजी शेर्पाले जातिय पहिचान सहित संघियता कायम गर्न जस्तोसुकै परिस्थीती आएपनि आदीवासी जनजातिहरु एकजुट भएर लाग्ने बताए । संग्रालय शिलान्यास कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायतको सहभागिता रहेको थियो ।