|

तलब बुझेर घर फर्कदै गर्दा बाटोमै लुटिए शिक्षक

ताप्लेजुङ, असार १४- तेह्रथुमको पोखरी उच्चमावि छातेढुङगा र सररस्वती निमावि होडाको अन्तिम चौमासिक तलव ल्याउदै गर्दा बीचबाटोमै लुटेराहरुले लुटेका छन्। मंगलबार दिउँसो २ बजे नेपाल बैंक तेह्रथुम शाखाबाट तलब स्वरुप बुझेको रकम घर फर्कने क्रममा हिजो साँझ बाटोमै लुटिएको हो।

दश-बाह्र जनाको संख्यामा रहेका नकावधारी समूहले पोखरी उच्चमावि नजिक सुकेपोखरीबाट दुई स्कूलको जम्मा १६ लाख ४ हजार २ सय रुपैया लुटेर लगेको पीडित पोखरी उच्चमाविका कार्यालय सहयोगी चुडामणि घिमिरेलाई उदृत गर्दै छातेढुङ्गा अस्थाइ प्रहरी चौकीका इन्चार्ज ज्ञानु भट्टराइले जानकारी दिए।

घिमिरे र सरस्वती निमावि होडाका शिक्षक लोकानाथ पकुवाल तेह्रथुम सदरमुकाम म्याङ्लुङबाट तलब लिएर फर्किने क्रममा हिजो साँझ ७ : ४५ बजे अज्ञात समुहले रकम लिएर फरार भएको पीडितले बताएका छन्। रकम लुट्ने समुहले नगद लानुका साथै घिमिरे र पकुवाललाई कुटपिट समेत गरेका छन्। प्रहरी चौकीका इन्चार्ज भट्राइले अभियुक्तहरुको खोजिकार्य भइरहेको जानकारी दिए।

मंगलबार दिउसो २ बजे नेपाल बैक लिमिटेड तेह्रथुम शाखाबाट रकम निकालेको र गए साँझ सदरमुकामबाट आउने क्रममा बीचबाटैमा रकम लुटिएको पीडितले बताएका छन्। लुटेराहरुले पहिले उभिन भनेको र खुकुरी देखाई पैसा बोकेको झोलाको उजिन्डो काटेर झोला लिएर फरार बनेको घिमिरे बताए। लुटेराहरुको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ। पीडित घिमिरे र पकुवाललाई पनि अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। लुटेरा समुहले पोखरी उच्च माविको साढे १२ लाख तथा सरस्वती निमावीको करिव ४ लाख रुपैंया लगेको प्रहरीले बताएको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तलब बुझेर घर फर्कदै गर्दा बाटोमै लुटिए शिक्षक"

Leave a reply