वैदेशिक रोजगारीका लागि कुवेत गएका दुई युवती सम्पर्कविहीन
इलाम, असार १३ - वैदेशिक रोजगारीका लागि कुवेत गएका महमाई गाउँ विकास समितिका दुई युवती लामो समययता सम्पर्कविहीन छन्। महमाई - ६ की २२ वर्षीया इन्द्रमाया नेम्बाङ अढाई वर्षयता सम्पर्कमा नरहेको परिवारजनले बताएका छन्।
इन्द्रमायाकै भाउजू निर्मला नेम्बाङ पनि छ महिनायता सम्पर्कविहीन छिन्। उनले छ महिनाअघि घरमा फोन गरी आफ्ना साथीहरु दुईजनालाई कसैले हत्या गरिसकेकाले आफू पनि खतरामा रहेको बताएको निर्मलाका जेठाजु देउबहादुर राई लाई बताएका थिए। उनले भने 'विदेश गएदेखि छ महिनाअघिसम्म निर्मलाले घरमा सम्पर्क गरेकी थिइन्। उनले पछिल्लोपटक आफ्ना साथीहरुलाई भकाभक मारेकाले आफू पनि डराएर रुँदै फोन गरेकी थिइन्। त्यसयता उनी सम्पर्कमै छैनन्।' यस्तो खवर आएपछि देउबहादुरको परिवारका आँखामा आँशु अडिएको छैन।
झापाको दमकस्थित हेभन ओभरसिज प्रालिमार्फत कुवेत जान हिँडेकी निर्मलालाई मलेसिया पठाइएको थियो। प्रालिका एजेण्ट गोपाल राईले दुवै युवतिलाई वैदेशिक रोजगारीमा लगाइदिने भन्दै लगेका थिए। लालबहादुर खत्री सञ्चालक रहेको यो म्यानपावरले दुवैलाई रोजगारीमा पठाएको गोपालले आफन्तलाई बताएका थिए। निर्मलालाई कुवेतको कम्पनीमा काम लगाइदिने आश्वासनमा लगेको भएपनि झुक्याएर मलेसियाको एक घरमा काम लगाइदिएको देउबहादुरले जनाए।
पटक-पटक म्यानपावरमा सम्पर्क गर्दा पनि उनीहरुको कुनै पत्तो लाग्न नसकेको उनले बताए। देउबहादुरले भने, 'हामीले निर्मला र इन्द्रलाई खोज्न तारन्तार मेनपावरलाई भन्यो। यतिका समय वित्दापनि उसले सम्पर्क भइहाल्ने आश्वासन मात्रै दियो। तर, पत्तो लाग्न सकेन।' इन्द्रमाया भने जिवित छिन् या छैनन् भन्नेसम्म परिवारमा जानकारी छैन। उनीलाई कुन देश लगिएको हो भन्ने अहिलेसम्म नखुलेको दाजु देउबहादुरले बताए।
उनीहरुको खोजीका लागि स्थानीय प्रहरी चौकीमा खवर गर्दा पनि कुनै कार्वाही हुन नसकेपछि देउबहादुर वृद्ध आमासहित न्याय खोज्दै सदरमुकाम आइपुगेका छन्। उनले आफ्ना हराएकी भाइबुहारी र बहिनीको अवस्था पत्ता लगाउन र झुक्याउने म्यानपावरलाई कार्वाही गर्न माग गर्दै जिल्ला प्रशासन, प्रहरी र महिला अधिकारकर्मी संघसंस्थामा बुधबार नै जानकारीसमेत दिएका छन्।
म्यानपावरका सञ्चालक महमाई-९ का एजेण्ट गोपाल राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयमा राखिएका राईमाथि अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक लिला गुरुङले जानकारी दिए।
समाचार नागरिक न्यूज बाट