|

पोर्चुगललाई हराउँदै स्पेन युरो कपको फाइनलमा

डोनेस्क, असार १४ (एजेन्सी)- डफेन्डिङ च्याम्पियन स्पेन क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै युरोकपको फाइनल प्रवेश गरेको छ। आर्थिक मन्दीको दलदलमा फँसेको युरोजोनका दुवै मुलुकहरु आफ्नो देशका जनतालाई केही छिन्‌को खुशी ल्याउन डेनेस्कको मैदानमा उत्रिँदा स्पेन भाग्यशाली सावित भयो। पेनाल्टी सुटआउटमा स्पेनले पोर्चुगललाई ४-२ ले हरायो।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णायक फैसलाका लागि पेनाल्टी सुटआउट गर्नु परेको थियो। पहिलो पेनाल्टी दुवै गोलकिपरले रोक्दा दर्शक निकै रोमाञ्चक बन्न पुगे। तर भाग्यको साथ पूरापूर स्पेनलाई रह्यो। पोर्चुगलको एउटा पेनाल्टी किक पोलमा ठोक्किएर बाहिर गयो भने स्पेनको अर्को एक पेनाल्टी किक त्यही पोलमा ठोक्किएर बल जाली चुम्न पुग्यो।यसरी १ सय ३३ मिनेट लामो खेलमा स्पेन सौभाग्यपूर्ण रुपमा विजय बन्न सफल भयो।युरोकप फाइनलमा स्पेनको भेट जर्मनी र इटालीबीचको विजेतासँग हुनेछ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:05 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोर्चुगललाई हराउँदै स्पेन युरो कपको फाइनलमा"

Leave a reply