पाटन अस्पतालमा १० वटा भन्दा बढी बेवारिसे शव सडेको अवस्थामा
काठमाण्डौं असार १४ - पाटन अस्पतालमा बेवारिसे शवको खात लागेको तीन महिना भयो, उठाउने कसले ? प्रहरीले कि ललितपुर उपमहानगरपालीकाले ? अहिले यहि विषयमा विवाद उत्पन्न भएको छ ।
पाटन अस्पतालको मुर्दाघरमा रहेको फि्रज वेवारिसे शवले भरिभराउ रहेको छ । शव उठाउने जिम्मेवारी लिएको ललितपुर उपमहानगरपालिकाले बेवास्था गर्दा मुर्दाघर वरपरको ठाउँ पनि दुर्गन्धित हुन थालेको छ ।
‘ललितपुर उपमहानगरपालीकालाई भनेको भन्यै छौं, वास्तै गर्दैन’ पाटन अस्पतालको सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक यज्ञ बुढाथोकीले भन्नभयो-’धेरै पटक पत्र पठाईसकेका छौं, बजेटनै छैन भन्छ । यो त अस्पतालका लागि विकराल समस्या भयो ।’
पाटन अस्पतालमा गत बैशाखदेखि रहेका १० वटा भन्दा बढी शव सडेको अवस्थामा रहेका छन् । प्लाटीकमा पोको पारेर राखिएका ति शव कहिले उठ्ने भन्ने पत्तो नहुँदा अस्पतालमा समस्या उत्पन्न भएकोछ ।
समाचार ऑनलाइन खबर बाट