गजल
हिजो अस्ति मिलन हुदा लाग्थ्यो तिम्रै हात प्यारो
तर आज धोका संगै लाग्छ मलाई घात प्यारो !!
उज्यालोमा यी आँखाले तिम्लाई मात्र खोज्ने हुदा
धेरै भयो दिन भन्दा लाग्छ मलाई रात प्यारो !!!
तिम्रै कारण पागल भाछु जाँड भांगको साथ लिन्छु
नशा लाग्दा संसार भुल्ने लाग्छ मलाई मात प्यारो !!
बिनिता भण्डारी
सिन्धुपाल्चोक