|

अवैध हातहतियार प्रहरीलाई बुझाउने छुट

फागुन १८ ,बुटवल,नवलपरासी,जिल्ला प्रहरी कार्यालय नवलपरासीले अवैध हातहतियार राख्ने व्यक्तिहरुले आगामी ३५ दिनभित्र प्रशासनलाई बुझाउनका लागि छुट दिएको छ । नवलपरासी जिल्लालाई अवैध हातहतियार मुक्त जिल्ला बनाउने उद्देश्यले विगतमा प्रयोग भएका तथा बिना ईजाजत घरमा राखिएका अवैध हतियारहरु प्रहरीलाई बुझाउन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको हो । आज (शुक्रबार) एक पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरिक्षक प्रकाश जंग कार्कीले जानकारी गराएका हुन् । सञ्चारकर्मीलाई दिएको जानकारमिा फागुन २० गतेदेखि ३५ दिन भित्र आफुसंग भएका अबैध हतियारहरु प्रहरीलाई सोझै बुझाउन अनुरोध गरिएको छ । हतियार बुझाउदा वा बुझाउन आउदा अवैध हतियार राखे वापत कुनै कार्वाही नगरिने प्रहरीले स्पष्ट पारेको छ । तोकिएको यस अवधिभित्र त्यस्ता अवैध हतियार नबुझाएमा वा प्रहरीलाई नबुझाउने उद्देश्य राखी हतियार लुकाई राखेमा कानुनी कार्वाही गरिने बताईएको छ । अवेध रुपमा हतियार लुकाई राखेको सुराकी दिएमा सुराकी दिनेलाई हतियारको प्रकृति हेरी ५० हजार रुपियासम्म पुरस्कार दिने व्यवस्था समेत गरिएको प्रहरीले बताएको छ ।

Posted by Butwalonline on 6:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अवैध हातहतियार प्रहरीलाई बुझाउने छुट"

Leave a reply