|

कर्मचारी युनियनद्धारा अवकास प्राप्त सहकर्मीहरुलाई बिदाई तथा सम्मान

दिनेश पाण्डे,बुटवल फागुन १८ - पश्चिम नेपाल बस व्यवसायी संघमा कार्यरत कर्मचारीहरुको संस्था स्वतन्त्र कर्मचारी युनियनले संघमा कार्यरत एवं अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान तथा बिदाई गरेको छ । युनियन द्धारा बुटवलमा आयोजित बिदाई तथा सम्मान कार्यक्रममा संघमा उमेर हदका कारण अवकास प्राप्त १२ र स्वेच्छीक अवकास लिएका २ गरि १४ जना कर्मचारीहरु लाई बिदाई तथा सम्मान गरिएको थियो । कार्यक्रममा संघका पुर्व कार्यालय प्रमुख नारायण प्रसाद भटराई, युनियनका पुर्व अध्यक्ष कृष्ण प्रसाद बेल्वासे तथा कार्यालय प्रमुख पोष्टराज गौतमलाई समेत सम्मान गरिएको थियो । त्यसैगरि संघमा कार्यरत रहेकै अवस्थामा निधन भएका कर्मचारी अर्जुन सत्यालका परिवारलाई नगद २२ हजार २ सय २२ रुपया आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो ।यसका साथै अवकास प्राप्त कर्मचारीहरुलाई युनियनले दशहजार नगदद्धारा सम्मान गरेको थियो । युनियनका अध्यक्ष भगवान थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संघका अध्यक्ष दधिराम खरेलले संघ र कर्मचारीहरुको बिचमा कायम रहेको सुमधुर सम्वन्ध सदैव कायम रहने बिश्वास ब्यक्त गर्नुभयो । उहाले कार्यालयले बिगतमा पनि कर्मचारीहरु प्रति भेदभाव नगरेको उल्लेख गर्दै आगामी दिनमा पनि कसैलाई नजिक र कसैलाई टाढा नगरिने बताउनु भयो । उहाले कामका आधारमा कर्मचारीहरुको सम्मान र मुल्याङ्गन गरिने बिधीको बिकास गरिने बताउनु भयो । सो अवसरमा युनियनका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बेल्बासे, पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जिवन कुमार बञ्जाडे, कार्यालय प्रमुख पोष्टराज गौतम, निवर्तमान कार्यालय प्रमुख नारायण प्रसाद भट्टराई, कर्मचारीको तर्फबाट राधिका सिग्देल मधुसुधन बेल्वासे लगायतले बोल्दै कार्यालयमा रहदा भएका तिता मिठा अनुभवहरुलाई सोहि अनुरुप बुझि दिन आग्रह गरेका थिए । यसका साथै उनिहरुले बिदाईको क्षण अत्यन्त गम्भिर र पिडादायी हुने गरेको भावना ब्यक्त गरेका थिए ।

Posted by Butwalonline on 6:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कर्मचारी युनियनद्धारा अवकास प्राप्त सहकर्मीहरुलाई बिदाई तथा सम्मान"

Leave a reply