एसएलसीमा ९२.८७ % ल्याई अनुपमा थापा छात्रातर्फ सर्वोत्कृष्ट
काठमाडौं, असार २- यस वर्षको एसएलसीमा ९२.८७ प्रतिशत ल्याई भिएस निकेतन उच्च मावि काठमाडौंकी अनुपमा थापा छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन्।
१५ वर्षे यी छात्राले कुल ८ सयमा ७ सय ४३ अंक प्राप्त गरेकी छन्। उनले ऐच्छिक गणितमा ९९, विज्ञानमा ९८, अनिवार्य गणितमा ९६, अंग्रेजीमा ९६, नेपालीमा ८५, सामाजिकमा ८५, स्वास्थ्य तथा जनसंख्यामा ९० र लेखामा ९४ अंक ल्याएको स्कुलका प्रिन्सिपल बाबुराम पोखरेलले बताए।
'अनुपमा ९२.८७ प्रतिशत ल्याएर छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन्,' पोखरेलले भने, 'शिक्षकको सक्रियता, विद्यार्थीको मिहिनेत र व्यवस्थापनको पूर्ण सहयोगले राम्रो नतिजा आएको हो।'
विज्ञान र गणित विषय मन पराउने अनुपमाले भनिन्, '९२ प्रतिशतभन्दा बढी ल्याउँछु भन्ने आत्मविश्वास थियो।' कक्षामा शिक्षकले पढाएको विषयवस्तु राम्ररी बुझेर दैनिक ५ घन्टा पढे पुग्ने उनको भनाइ छ।
'पढाइसँगै अतिरिक्त क्रियाकलापमा सहभागी भए रिफ्रेस भइन्छ,' उनले भनिन्, ...अनि पढ्न मन लाग्छ।' उपन्यास पढेर र अंग्रेजी सिनेमा हेरेर रमाउने उनले बताइन्।
समाचार नागरिक न्यूज बाट
समाचार नागरिक न्यूज बाट
Posted by Butwalonline
on 8:05 AM. Filed under
National News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response