|

काभ्रेमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु


काभ्रे असोज १६ - काभ्रेमा नेपालथोकबाट दूध लिएर बनेपा आउँदै गरेको जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि अन्य ११ जना घाइते भएका छन् । दूध वोकेर आउँदै गरेको बा ९ च ५३९९ नम्बरको बलेरो जिप बिपी राजमार्गअन्तर्गतको भकुन्डेबेसीमा मंगलवार विहान दुर्घटना हुँदा मेथिनकोट-८ भकुन्डेका १४ वर्षीय विशाल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरी आफ्नो नियन्त्रणमा लिएको छ ।
स्रोत :ऑनलाइन खबर 

Posted by Butwalonline on 11:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काभ्रेमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु "

Leave a reply