|

कोकाकोला कप अन्तरविद्यालय छनौट खेलमा १० खेल सम्पन्न

प्रेमनारायण न्यौपाने,पोखरा, असार ४ - कोकाकोला अन्तरविद्यालय छनौट प्रतियोगिताअन्तर्गत सोमबार पोखरा रड्डगशालामा छात्रतर्फ आठ तथा छात्रातर्फ दुई खेल सम्पन्न भएका छन्। छात्रतर्फको पहिलो खेलमा टप्स उमाविले पोखरा एकेडेमीलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो। टप्सको जीत विमला चौधरीले दुई तथा गीता थापामगरले एक गोल गरेका थिए।

दोस्रो खेलमा गण्डकी आवासीय माविले कान्तिपुर एकेडेमीलाई ३–१ ले पराजित गर्‍यो। जीतसहित क्वाटरफाइनलमा स्थान पक्का गरेको गण्डकीका लागि बविता थापाले ह्याट्रिक गरिन् भने कान्तिपुरका लागि रेखा गुरुङले सान्त्वना गोल फर्काएकी थिइन्। छात्रातर्फ मड्डलबार शान्तिनिकुञ्ज बोर्डिङ स्कुल र सरस्वती आदर्श विद्याश्रम लामाचौरबीच पहिलो तथा बहादुरे मावि भदौरे र लिटिलस्टेप उमाविबीच दोस्रो खेल हुने छ। छात्रतर्फ सोमबार भएको पहिलो खेलमा रामेश्वरी निमाविले शीतलादेवी माविलाई ३–१ ले पराजित गर्‍यो। रामेश्वरीका लागि अनिल विकले दुई तथा राजु विकले एक गोलको योगदान दिए। शीतलादेवीको तर्फबाट अविनाश आचार्यले सान्त्वना गोल फर्काए।शीतलादेवीले रामेश्वरीका राजु विकविरुद्ध कास्की जिल्ला फुटबल सङ्घको अनुशासन समितिमा प्रोटेस्ट हालेको छ।अनुशासन समितिले मड्डलबारमात्र निर्णय सुनाउने सङ्घका सचिव बुद्धि खत्री क्षत्रीले जानकारी दिए।

 दोस्रो खेलमा भद्रकाली उमाविले विद्यानिकेतन बोर्डिङ स्कुललाई ४–२ ले पराजित गर्‍यो।भद्रकालीको तर्फबाट गोविन्द श्रेष्ठले दुई तथा रबिन गुरुङ र चन्द्रमान विकले एक–एक गोल गरेका थिए। विद्यानिकेतनका लागि दुवै गोल भाने गुरुङले गरेका थिए।तेस्रो खेलमा दि वीज्डम बोर्डिङ स्कुलले एसओएस हर्मन माइनर स्कुललाई टाइब्रेकरमा ६–५ ले पराजित गर्‍यो।निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टुड्डिएको थियो।

 चौथो खेलमा गण्डकी आवासीय उमाविले बालविद्या बोर्डिङ स्कुललाई ४–० ले पराजित गर्‍यो। गण्डकीको जीतमा सम्राट गायकले ह्याट्रिक गरे भने थप एक गोल अनिश परियारले गरेका थिए।पााचौं खेलमा किसन गुरुङको निर्णायक गोलमा ज्ञानकुञ्ज बोर्डिङ स्कुलले माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई १–० ले पराजित गर्‍यो। छैटौं खेलमा बालकल्याण बोर्डिङ स्कुलले लक्ष्मी मावि लेखनाथलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्‍यो। निर्धारित समयमा बालकल्याणका सागर थापाले दुई तथा लक्ष्मी माविका लागि साजन गुरुङ र श्रीराम सन्यासीले एक–एक गोल गरेपछि खेल दुई–दुई गोलको बराबरीमा टुड्डिएको थियो।

 सातौं खेलमा सिद्धार्थ रञ्जितको दुई गोलको मद्दतमा कुमुदिनी उमाविले शान्तिनिकुञ्ज बोर्डिङ स्कुललाई २–० ले पराजित गर्‍यो।आठौं खेलमा अर्जुनपौडेल र अर्जुन विकको एक–एक गोलको मद्दतमा बालोदय उमाविले लोटस एकेडेमीलाई २–० ले पराजित गर्‍यो। छात्रतर्फका विजेता सबै तेस्रो चरणमा प्रवेश गरेका छन्।मड्डलबार छात्रतर्फ आठै खेल हुनेछन्।

Posted by Butwalonline on 5:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोकाकोला कप अन्तरविद्यालय छनौट खेलमा १० खेल सम्पन्न"

Leave a reply