|

कास्कीमा भुकम्पले प्रहरी चौकीसहित तीन घरमा क्षति

पोखरा, जेठ २८- कास्कीको पूर्वी थुमाकोडाँडालाई केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ। १ बजेर ३९ मिनेटमा भुकम्प गएको खानी तथा भू-गर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ।

भुकम्पबाट इलाका प्रहरी कार्यालय हंसपुरको भवन चर्केको र लेखनाथ नगरपालिका-१० तालबेसीमा दुईवटा घरको पछिल्लो भाग भत्केको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तालबेसीका राधाकृष्ण सुवेदी र उनका छोरा शिवराजको कच्ची घरको पछिल्लो भाग भत्केको छ। प्रहरी बसेको घर भने सामान्य चर्केको छ।

भुकम्पले मानवीय क्षति नभएपनि प्रहरीचौकी सहित तीनवटा घरमा सामान्य नोक्सान पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। 'भूकम्पबाट तीनवटा घरमा समान्य क्षति पुर्‍याएको बाहेक अहिलेसम्म कुनै क्षतिको विवरण आईसकेको छैन, 'अधिकारीले भने, 'कास्कीका सबैजसो प्रहरी यूनिटबाट विवरण संकलन गरिरहेका छौ।'

करिब दश सेकेण्ड गएको भुकम्पको कास्की सहित आसपासका तनहुँ, गोरखा, लम्जुङ जिल्लामा समेत धक्का महसुस गरिएको थियो। केन्द्रबिन्दु मानिएको थुमाकोडाँडा पोखराबाट करिब ३० किलोमिटर पुर्व पर्छ। थुमाकोडाँडाका स्थानीयबासि पुण्यप्रसाद सापकोटाका अनुसार गाउँलेले लगातार दुईपटकसम्म भुकम्पको धक्का महसुस गरेका थिए। १ बजेर ३९ मिनेटमा पहिलो र ठुलो धक्का महसुस गरेको दुई मिनेट पछि पुनः धक्का महसुस गरिएको थियो।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 8:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्कीमा भुकम्पले प्रहरी चौकीसहित तीन घरमा क्षति"

Leave a reply