दाङको सतबरियामा भएको जीप दुर्घटनामा नौ जना घाइते
नेपालगञ्ज, जेठ २८- दाङको सतबरियामा भएको जीप दुर्घटनामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारुसहित नौ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते मध्ये अध्यक्ष थारु र कार्यकर्ता भानु थारुको अवस्था गम्भीर छ। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदैछ। घाइते हुनेमा पूर्व मन्त्री गोपाल दहित पनि छन्।
नवलपरासीबाट बर्दिया आउने क्रममा पूर्व पश्चिम राजमार्गको दाङ-नेपालगञ्ज खण्डस्थित सतबरिया गाविसको वडा नम्बर ९ अमिलियामा बिहान सवा ७ बजे जीप दुर्घटना भएको थियो। भे १ च १२०८ नम्बरको जीपको अगाडिको टायर पडकिएपछि असन्तुलित भएर दुर्घटना भएको प्रहरीले बताएको छ। जीपमा ११ जना सवार थिए।
समाचार नागरिक न्यूज बाट
