8:01 AM | Posted by Butwalonline

काठमाडौ, जेष्ठ ३० - नेपाली चलचित्रकी नायिका जेसिका खड्काले मंगलबार बिहान आत्महत्या गरेकी छन् । उनले आधा दर्जन जति नेपाली चलचित्रमा काम गरेकी छन् । न्यूरोडस्थित आफ्नै निवासमा उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक जंगल क्वीन नामक फिल्ममा उनले अभिनय गरेकी थिइन । उक्त फिल्म असार ८ गते रिलिज हुँदैछ । प्रहरीले नायिका खड्कासंग राति २ बजे मोबाइलमा कुरा भएको व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित शीर्षकहरु: News

Posted by Butwalonline
on 8:01 AM. Filed under
News
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response