|

नेपाली सेनाको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

रुकुम, जेठ ३० - मंगलबार विहान नेपाली सेनाको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बा१ ज ६३०६ नम्बरको जीप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। साँख गाविसको घोरखानीमा रहेको नेपाली सेनाको अस्थायी क्याम्पबाट रुकुमकोट गाविस जाँदै गर्दा रुकुमकोट गाविस १ रानीकोटमा दुर्घटना भएको हो।


 दुर्घटनामा परी सिपाही आशालाल तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षकण निरञ्जन थापाले जानकारी दिए। गम्भीर घाइतेमा बाटो निर्माणको ठेकेदारका एकै घरका ३ जना र सेनाका ३ जना रहेका छन्। उनीहरुको नाम खुलेको छैन्। घाइतेहरुलाई उपचारको जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको छ। नेपाली सेना, प्रहरी र स्थानीय वासिन्दाको पहलमा उद्दार गरिएको छ। जीप दूर्घटनाको कारण थाहा हुन सकिरहेको छैन्। जीप सडकवाट अनियन्त्रित भई करिब १० मिटर तल खसेको बताइएको छ। मुसीकोट बुर्तिवाङ सडक निर्माण कार्यदलको जिम्मा लिएको नेपाली सेनाको एक टुकुडी साँख गाविसको घोरखानीमा बस्दै आएको छ।
समाचार नागरिक न्यज बाट

Posted by Butwalonline on 7:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली सेनाको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु"

Leave a reply