पहिरोले बगाएर आमाको मृत्यु छोराको अवस्था गंभिर
ताप्लेजुङ असार १३ - ताप्लेजुङको मेहेलेमा मंगलबार राती गएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ । पहिरो जाँदा वेपत्ता भएकी ५० वर्षकी मनकुमारी राई मृत अवस्थामा फेला परेको विद्यालयका शिक्षक जीवन राईले जानकारी दिनुभयो । पहिरोमा परि घाइते भएका मृतका छोरा वीरेन्द्रको भने अवस्था गंभिर रहेको छ ।
बाबु चतुरामान जेठा छोराको घरमा गएको र घरमा आमा छोरा मात्रै भएको बेला पहिरोले घर बगाएको स्थानियबासीले बताएका छन् । पहिरो गएको स्थानमा विहानै देखि रेडक्रसकर्मी र स्थानीयवासीहरुले उद्धार गरिरहेका छन् । अहिले पनि पानी परिरहेका कारण उद्दारमा समस्या भएको बताईएको छ ।
समाचार ओनलाइन खबरबाट