नदी नियन्त्रणको माग गर्दै हेम्जावासीद्वारा पोखरा बागलुङ राजमार्ग बन्द
पोखरा, असार १३ - समयमै सेती नदी नियन्त्रण नगर्दा थप क्षति हुनथालेको भन्दै कास्कीको हेम्जा गाविसबा बासिन्दाले नदी नियन्त्रणको माग गर्दै बुधबार बिहान ८ बजेबाट पोखरा बागलुङ राजमार्ग बन्द गराएका छन् ।
यही असार ४ गते आएको बाढीले हेम्जा, १ याम्दी क्षेत्र कटान गर्दा ९ घर पुर्ण बिस्थापित गराएको र तत्कालै नियन्त्रण नगर्दा अहिले राजमार्ग र अन्य ५० घरलाई क्षति पुर्याउन थालेको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन् । हिजो बेलुकीबाट नदीले थप कटान थालेर राजमार्गको १० मिटर नजिकै आईसकेको छ । तत्काल नियन्त्रण नगरिए राजमार्गनै बन्द हुने र आसपासका अन्य घरसमेत बगाउने स्थिति देखिएकोले स्थानीय आन्दोलित भएको गाविस सचिव भरतराज पौडेलले बताए ।
समाचार कान्तिपुर बाट