इम्जा हिमताल फुट्ने अपुष्ट खबरले सोलुखुम्बुवासी त्रसित
सोलुखुम्बु, असार १३- इम्जा हिमताल फुट्ने अपुष्ट खबरले सोलुखुम्बुवासी त्रसित बनेका छन्।
"खै कसरी यो खबर आयो, थाहा भएन तर यसले धेरैलाई त्रसित बनाएको छ" निमित्त प्रमुख जिल्ला अधिकारी टेकनाथ दाहालले भन्नुभयो। उच्च क्षेत्रका प्रहरीलाई सक्रिय बनाइए पनि सोलुखुम्बुमा रहेका कुनै पनि ताल फुट्नेसम्बन्धी जानकारी प्राप्त नभएको समेत उनले बताए।
प्रहरी निरीक्षक रमेश बस्नेतले पनि ताल फुट्न लागेको र ठूलो क्षति हुनेबारेमा धेरै निकायले ताकेता गरेपनि यसबारे प्रष्ट कुरा थाहा हुन नसकेको बताए। उनले भने, "खोलाछेउका बासिन्दा तथा उच्च स्थानमा रहेका प्रहरीलाई यसबारे बुझ्न लगाइयो तर केही प्रष्ट भएन।"
नाम्चेस्थित खुम्बु नागरिक समाजका अध्यक्ष आङ तेन्जिङ शेर्पाले तत्काल कुनै ताल फुट्ने सम्भावना नरहेको बताए। उनले ताल फुट्नेबारे नाम्चे र आसपासमा केही हल्ला छैन भन्दै त्यस्तो खतरा पनि नरहेको बताए।
निमित्त प्रमुख जिल्ला अधिकारी दाहालले तालमा पानीको सतह बढेको भन्ने अपुष्ट खबर प्राप्त भएकाले नाम्चेलगायत विभिन्न स्थानमा भएका प्रहरीलाई यसबारे जानकारी गराइएको तर पानीको सतह बढेको नपाइएको बताए।
सोलुखुम्बुको टाक्सिन्दु गाविस- ६ मा रहेको दूधकुण्ड हिमताल र खुम्जुङ गाविसमा रहेको इम्जा हिमताल फुट्ने र कोसी आसपासमा ठूलो क्षति पुर्याउने हल्लाले यतिखेर सोलुखुम्बुवासीलगायत कोसी किनारका बासिन्दालाई सताएको छ।
इम्जा तालको अवस्था, ताल फुट्ने सम्भावनालगायतका कुरा समेटेर एक राष्ट्रिय टेलिभिजनले कार्यक्रम तयार गरेपछि एक्कासि हल्ला फैलिएको बताइएको छ। रासस
समाचार नागरिक न्यूज बाट