|

डाक्टर भक्तमान श्रेष्ठको अपहरणकारीलाइ १५ वर्ष जेल सजाय

चितवन जेठ  २४ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपहरणका योजनाकार् लाइ चितवन जिल्ला अदालतले १५ वर्ष जेल सजाय तोकेको छ ।
जिल्ला न्यायाधीश भोलानाथ चौलागाइँको इजलासले अपहरणको योजना बनाएकोमा भीमसेन पन्डित र रोहित पालिवाललाई १३ वर्ष र संगठित अपराध गरेकोले थप दुई वर्ष गरी १५ वर्ष जेल सजाय सुनाएको हो । अदालतले प्रतिवादी दामासाही रुपमा १ करोड ८ लाख ५० हजार बिगो अशुल गर्न भनेको छ ।
यस्तै अपहरणका मतियार भन्दै अदालतले बद्री ढुंगाना, नवीन क्षेत्री, सुनील श्रेष्ठ र लुप्पा भनिने सुब्बा तामाङलाई ११ वर्षको जेल सजाय सुनाएको छ । संगठित अपराध गरेको ठहर गर्दै उनीहरुलाई थप २/२ बर्ष कैद थप गरिएको छ । फैसलामा उनीहरूबाट एक लाख रुपियाँ जरिवाना पनि तोकिएको छ ।
रार रहेका राजेन्द्र पण्डित र गौतम यौञ्जनले सफाइ पाएका छन । उनीहरु माथि अपरहण तथा शरिर बन्धक मुद्दा चलाइएको थियो । श्रेष्ठलाई दुई वर्षअघि चितवनबाट अपहरण गरिएको थियो । श्रेष्ठ अपहरण भएको १९ दिनपछि फिरौति तिरेर मुक्त हुनु भएको थियो । 
समाचार ऑनलाइन खबर बाट  

Posted by Butwalonline on 5:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डाक्टर भक्तमान श्रेष्ठको अपहरणकारीलाइ १५ वर्ष जेल सजाय"

Leave a reply