नारायणगढमा व्यवसायीद्वारा राजश्वको गाडी र प्रहरी बिटमा आगजनी(भिडियोसहित)
चितवन, जेठ २४- नारायणगढ शहिदचोकको लक्ष्मीनारायण वस्त्रालयमा केन्द्रीय राजश्व अनुसन्धान विभागका उपसचिव भरत सुवेदीसहितको टोलीले राजस्व छलेको आशंकामा छापा
मारेर पसल 'सिल' गरेपछि भएको बिवादमा झड़पहुंदा एक असई, दुई एम्बुलेन्स चालक र अन्य दुई सर्वसाधारण घाइते
भएका छन ।
सर्वसाधारण पटिहानीका रामशरण तिवारी र स्थानिय माया महत घाईते भएका थिए।झडप कै क्रममा प्रदर्शनकारीले राजश्व अनुसन्धान विभागको बा १ झ ९१३५ नम्बरको जिप पुल्चोकमा जलायेका छन ।शहिदचोकमा व्यापारीकै सुरक्षाका लागि राखिएको प्रहरी बिट पनि प्रदर्शनकारीले सडक बीचमा ल्याएर जलाइ दिए। प्रदर्शनकारीको भीड़लाई नियंत्रण गर्न प्रहरीले एक दर्जनभन्दा बढी सेल अश्रुग्याँस प्रहार गरेको थियो |अहिले नारायणगढको स्थिति सामान्य भएको छ |नारायणगढका व्यवसायीहरुले भने आफुहरुमाथी आक्रमण गर्ने प्रहरीले माफी माग्नुपर्ने,जानकारी र संयोजन नगरी जथाभावी छापा मारेर आतंकित पार्न नपाइने लगायतका माग उद्योग वाणिज्य संघमा राखेका छन्। व्यवसायीको मागका बारेका संघको गोप्य छलफल चलिरहेको बताइएको छ।
स्रोत :नागरिक न्यूज