हत्यामा संलग्न ६ जनालाई सर्बस्व सहित ३६ बर्ष जेल सजाय
नवलपरासी,जेष्ठ २४ - नवलपरासी बर्दघाटकी किशोरी शुभेच्छा चापागाईंको हत्यामा संलग्नरहेका ६ जना अभियुक्तहरुलाई जिल्ला अदालत नवलपरासिले ३६ बर्ष जेल सजायको फैसला सुनाएको छ | आइटम भनिने अशोक गुरुंगलाई ज्यानमारा मुद्धामा २० बर्ष ,जबरजस्ती करणीको मुद्धामा १० बर्ष र डकैती मुद्धामा ६ बर्ष गरी सर्बस्व सहित ३६ बर्ष जेल सजाय को फैसला सुनाएको छ| त्यसैगरी अन्य पांच जना ग्रेड भनिने राजु बिक, उनका भाइ देशी भनिने अर्मन सुनार, गोरे भनिने राजकुमार मगर, भान्जे भनिने सुभाष दर्जी र विष्णु सुनारलाई पनि ज्यान मारा मुद्धामा २० बर्ष जबरजस्ती करणीको मुद्धामा १० बर्ष र डकैती मुद्धामा ६ बर्ष गरी ३६ बर्ष जेल सजाय को फैसला सुनाएको छ | २०६८ जेष्ठ २३ गते घरमै सुतिरहेको बेला राति एक बजे झ्यालको भेन्टिलेसन फोरेर अभियुक्तहरु शुभेच्छाको कोठाभित्र प्रवेशगरि जबरजस्ती समातेर घरको छतमा लगेर सामूहिक बलात्कारपछि बेहोस भएकी शुभेच्छालाई छुरी प्रहार गरी हत्या गरेका थिए | अदालतको फैसला पछि छापागाइ परिवारले आफुहरुलाई न्याय पाएको प्रतिक्रिया दिएका छन|
