|

राप्रपाका कार्यकर्ताको अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या

काठमाडौँ, असार १२ - राष्ट्रिय प्रजातन्त्र पार्टीका एक कार्यकर्तालाई गएराति अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेको छ। सुनसरीको गौतमपुर गाविसस्थित पार्टी गाउँ समितिका अध्यक्ष रविलाल मेहताको हत्या भएको पार्टी सचिव किरणहरि विष्टले जनाएका छन्। गएराति १२ बजेदेखि एक बजेभित्रको समयमा अज्ञात समूहले खुकुरी हानी छाती र घाँटी काटी हत्या गरेको उनले जनाएका छन्।विष्टले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अपराधीलाई सरकारले अविलम्ब कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 5:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राप्रपाका कार्यकर्ताको अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या"

Leave a reply