|

शिलाई ब्यवसायको पेशागत सुरक्षामा जोड


बुटवल,जेठ २०-आधुनिक  युग अनुसार शिलाई ब्यवसायलाई ब्यवस्थित बनाउनुपर्नेमा एक कार्यक्रममा जोड दिईएको छ ।  

नेपाल स्वतन्त्र सिलाई ब्यवसायि संघ बुटवल नगर समितिको शनिबार बुटवलमा भएको दोस्रो अधिबेशनका अवसरमा बोल्दै सहभागिहरुले शिलाई ब्यवसाय युग अनुसार परिमार्जित र ब्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन । 

उनीहरुले विदेशी फेसनले बजार लिने भएकाले सिपको विकास र ब्यवसायिक एकताका लागि प्रतिबद्ध हुनपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि सिलाई ब्यवसायि संघ रुपन्देहीका अध्यक्ष सरोज गौतमले शिलाई ब्यवसायहरु छरिएर रहदा ब्यवसायिक सुरक्षा नहुने भन्दै एकतामा जोड दिनुभयो । उहााले सबै ब्यवसायिहरुका विचमा एकता भए मात्र सबैको हित हुने धारणा राख्नुभयो ।

नगर समितिका अध्यक्ष सुर्वण परियारको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष कृष्ण नेपाली,संस्थापक अध्यक्ष एंव सल्लाहाकार रामकुमार रणपाल,दलित नेता नरेन्द्र दर्जी,शिलाई ब्यवासयि तुल्सि भण्डारी,माधव खनाल,राधा गौतम,सहदेव भण्डारी,फणेन्द्र घेले लगायतले बोल्दै ब्यवसायको पेशागत सुरक्षाका लागि ब्यवसायिहरु एक हनुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा अध्यक्ष सुर्वण परियारले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष रिता काफ््लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बुटवल नगरमा मात्रै करिब ४ सय सिलाई ब्यवसायिहरु रहेका छन् ।

Posted by Butwalonline on 5:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शिलाई ब्यवसायको पेशागत सुरक्षामा जोड"

Leave a reply