|

बिज्ञापनको बिश्वास गर्दा एक युवती लुटीइन


पोखरा, जेष्ठ २० - पत्रपत्रिकामा आकर्षक बिज्ञापन देखिए सावधान । त्यो जोकोही पनि ठगिने माध्ययम बन्नसक्छ । आपराधिक मनोबृत्तिका ब्यक्तिले आकर्षक बिज्ञापन देखाएर बेरोजगार युवायुवतीलाई ठग्ने र अन्य दुब्र्यवहारमा पार्नसक्ने शुक्रबार यहाँ भएको अनौठो घटनाले पुष्टि गरेको छ ।
शुक्रबार स्थानीय एक पत्रिकामा महेन्द्रपुलस्थित अफिसलाई लेडिज स्टाफ तुरुन्त चाहियो । तलब रु.७ हजार' भन्ने सम्पर्क मोबाईल नम्बरसहित बिज्ञापन प्रकाशित भयो । तर नियोजितरुपमा छापिएको त्यो बिज्ञापनको विश्वासमा परी एक बेरोजगार युवतीले साथमा रहेको गहनमात्र गुमाएकी छैनन, अनुचित ब्यवहारसमेत खेप्नुपरेको छ ।
घटना बिवरणअनुसार बिज्ञापन देखेपछि रोजगारकालागि भौतारिएकी छोरेपाटनकी १८ वर्षीया युवती (गंगा, नाम परिवर्तनले) बिहानै सम्पर्क गरिन् । बिज्ञापनमा उल्लेखित मोबाईलमा भएको कुराकानीका क्रममा पृथ्वीचोकको एक कलरल्याबनेर ९ बजेतिर भेट्ने सहमति भयो । भेट भएपछि बिज्ञापन प्रकाशित गरेका युवकले उनलाई अन्तरबार्ता लिने भन्दै चोककै एक होटलमा पुर्‍याए । जहाँ आफु ३ दिनदेखि बसिरहेका थिए । बुकिङ गरेको कोठामा लगे र १०/१२ मिनेट अन्तरबार्ता लिएजस्तो गरे । जागिर दिने सहमति पनि भयो । त्यसपछि युवतीमाथि दुब्र्यवहार भयो । लगत्तै युवकले उनलाई धम्क्याए र साथमा रहेको सुनका गहना, मोबाईल र केही नगद लुटे । युवतीलाई बाथरुममा थुनेर भागेको केही समयपछि होटलको फोनमा सम्पर्क गरेर थुनेको जानकारी दियो ।ठगिको यो नौलो तरिका पहिलोपटक देखिएको प्रहरीले जनाएको छ । प्रहरीले युवतीको शुक्रबारै मेडिकल जाँच गराएर आफन्तको जिम्मा लगाएको छ ।प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै घटनाको बिस्तृत विवरण दिएको छैन ।
समाचार कांतिपुर बाट


Posted by Butwalonline on 7:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिज्ञापनको बिश्वास गर्दा एक युवती लुटीइन"

Leave a reply