|

हावाहुरीबाट अछाममा एक बालकको मृत्यु

अछाम,जेठ २० - शुक्रबार राती आएको हावाहुरीबाट अछाममा एक बालकको मृत्यु भएको छ । हावाहुरीका कारण घर नजिकै रहेको आँपको रुख ढल्दा रानीवन गाविस वडा नम्बर २ का ९ बषिर्या बिनोद माझीको मृत्यु भएको हो ।
माझि स्थानिय सुर्योदय बालबिकास केन्द्रमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण सोही गाविसमा १२ जना घाईते भएको अछामका प्रहरी नायव उपरिक्षक सुसिल सिंह राठौरले जानकारी दिनुभएको छ । हावाहुरीले उक्त गाउँमा ५ वटा घरका छाना उडाएको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:14 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हावाहुरीबाट अछाममा एक बालकको मृत्यु"

Leave a reply