|

धादिङमा चट्याङले लागेर २ जनाको मृत्यु


धादिङ  जेठ २०-धादिङको महादेवस्थान -५ मा गएराती परेको चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्युहुनेहरुमा महादेव स्थान रावलडाँडाका सन्तोष लामिछाने र नुवाकोटको विदुर घर भएका सोम लामा रहेका छन् ।घाइते भएका टिकामाया लामिछोन र धनबहादुर तामाङको मलेखु अस्पतालमा उपचार भईरहेको छ । गएराती परेको चट्याङले विद्युतलाई सट भई उनीहरुको मृत्यु भएको बताईर्एको छ ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 6:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धादिङमा चट्याङले लागेर २ जनाको मृत्यु"

Leave a reply