|

छोरालाई हानेको गोली बुहारीलाई लाग्दा बुहारी घाइते

बैतडी, अषाढ १ - बाबु छोरा बीचको विवादपछि रिसको झोकमा भरुवा बन्दुक पड्काउदा बुहारी घाइते भएकी छिन । बिहीबार राति १२ बजेतिर सदरमुकामसँगै जोडिएको देहिमाण्डौं-९ थलालगाउका ६७ वर्षीय प्रेमसिंह थलालले छोरा करनलाई हान्न खोजेको गोली लागि ३२ वर्षीया बुहारी तारा थलाल घाइते भएको प्रहरीले जनाएको छ ।

 बाबु छोराको झगडा छुट्याउन गएकी बुहारी ताराको बायाँ हातमा गोली लागेको छ । उनको जिल्ला अस्पतालमा हुन नसकेपछि नेपालगञ्ज शिक्षण अस्पताल रिफर गरेको अस्पतालले जनाएको छ । घटनामा संलग्न प्रेमलाई नियन्त्रणमा लिएको प्रहरी निरक्षक लालबहादुर साउदले बताए ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 8:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोरालाई हानेको गोली बुहारीलाई लाग्दा बुहारी घाइते"

Leave a reply