|

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एककिशोरीको मृत्यु

काठमाडौं, असार १ - जोरपाटी चोकमा बा १ ख ५०३५ नम्बरको पानी ट्याङ्करले बा ३५ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी १६ वर्षीय रिन्ची तामाङको मृत्यु भएको छ। दुर्घटनालगत्तै स्थानीयले ट्याङ्क चालक कुमार गोलेलाई कुटपिट गरी ट्याङ्कर जलाएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मोटरसाइकल चालक सुभाषसिंह तामाङ घाइते भएका छन्। स्थानीयले विरोध गर्दै ढुङ्गामुडा गर्दा केही सवारीसाधनमा क्षति पुगेको छ। प्रहरीले गोलेलाई नियन्त्रणमा लिएको छ भने सुभाषको शंखरापुर अस्पतालमा उपचार भइरहेको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 8:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एककिशोरीको मृत्यु"

Leave a reply