|

एक महिलामाथि सामूहिक बलात्कार


पाँचथर,जेठ २४- पाँचथरको सदरमुकाम फिदिममा एक महिला सामूहिक बलात्कारको सिकार बनेकी छिन् ।फिदिम-१ स्थित सनिवारेमा व्यापार सञ्चालन गरेर बसेकी सुब्बा थरकी महिलालाई गएराति चार जना युवाको समूहले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक याम पौडेललेबताउनुभयो । होटलेमै राति ११ बजे सामूहिक बलात्कार गरिरहेको बेला बहिनीले थाहा पाएर हल्ला गरेपछि बलात्कारीहरु भागेका थिए । बेहोस अवस्थामा रहेकी पीडित महिलाको पाँचथर अस्पतालमा उपचार भइरहेका छ ।
प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । निरीक्षक पौडेलका अनुसार अनुसन्धानका लागि फिदिम-१ की छिमेकी मीना राईसहित, सुरेन्द्र बस्नेत र दीपेश मगरलाई नियन्त्रणमा लिइएको हो । रासस
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 4:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक महिलामाथि सामूहिक बलात्कार"

Leave a reply