|

स्या.स.स.अन्तराष्ट्रिय समन्वय समितीको प्रथम साधारण सभा हुने


घनस्याम पराजुली दोहा कतार ,असार ४ - स्याङ्गजा सहयोग समाज दोहा कतारको बिषेश पहलमा स्थापना गरिएको स्या.स.स. अन्तराष्ट्रिय समन्वय समितीले स्थापना देखि हाल सम्मको कार्यकाल विविध कठिनाईका बावजुद सफलता पर्ुवक सम्पन्न गरेको जनाउदै स्या.स.स.दोहा कतारले स्या.स.स. अन्तराष्ट्रिय समन्वय समिती सँग सम्वन्धीत सम्पर्ुण्ा पदाधिकारीहरु एवं सहयोगी वर्गमा धन्यवाद ज्ञापन गरेको छ साथै स्या.स.स. अन्तराष्ट्रिय समन्वय समीती र विभिन्न देशहरुमा रहेका सम्पर्ुण्ा स्या.स.स. विच हरपल परामर्श र सहकार्यको नितान्त आवश्यकता महशुस गर्दै स्या.स.स.अन्तरनष्ट्रिय समन्वय समीती स्याङ्गजाको मौजुदा विद्यान बमोजिम यस कार्यलाई निरन्तरता दिन केहि अप्ठ्यारा तथा विद्यान अस्पष्टता बाद्यक बन्न सक्ने देखिएकाले ति अप्ठ्यारा एंव विद्यान अस्पष्टतालाई प्रथम साधारण सभावाट विद्यान संसोधन गरि विदेशमा रहेका सम्पर्ुण्ा स्या.स.स. सँगको सम्वन्ध तथा काम कारवाहिलाई अझ प्रगाढ एंव र्सवसुलव बनाउन पर्ने देखिएकोले स्या.स.स. दोहा कतारले १ महिना भित्र प्रथम साधारण सभा गर्न गराउन पहल गरेको छ ।

 स्याङ्गजा सहयोग समाज दोहा कतारको मिति ३१ मे २०१२ का दिन स्थानीय सनैया ३१ म्ाा बसेको बैठकले "स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समीती" स्याङ्गजाको प्रथम साधारण सभामा दोहाको प्रतिनिधित्व गर्दै स्याङ्गजा सहयोग समाज दोहा कतारको विद्यान को दायरा भित्र रहि स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समीती स्याङ्गजाको विद्यानलाई आवश्यक परिमार्जन गरि गर्राई प्रथम साधारण सभा गर्न गराउन पर्ुण्ा अधिकार अध्यक्ष श्री टुकराज अर्याललाई दिई पठाएको छ । साथै  स्याङ्गजा सहयोग समाज दोहा कतारको पहलमा स्थापना गरिएको अक्षयकोष लाई निरन्तरता दिदै सो बाट प्राप्त व्याजको रकमलाई स्वयं श्री टुकराज अर्यालले स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति स्याङ्गजाको साधारण सभावाट निर्वाचित कार्यसमिती  सँगको सल्लाह र परामर्श गरी उक्त समितीको रोहवरमा सुचना मुलक कार्यक्रम एवं गरिव तथा जेहेन्दार छात्रवृति मा खर्च गर्ने अधिकार समेत दिएको जानकारी गरायो ।

 यसैगरि स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समीती स्याङ्गजाबाट हुने सबै काम कारवाहिलाई प्रभावकारि ढंगले सरल र सुलभ तरिकाले कार्य सम्पादन गर्नका लागि विदेशमा रहेका सम्पर्ुण्ा स्याङ्गजावासि सँग सरोकार राख्ने सामाजिक संघ संस्थासँग सल्लाह र समन्वय गरि स्याङ्गजा जिल्ला सदरमुकाम स्याङ्गजा बजारमा स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिती स्याङ्गजाको कार्यलय स्थापना गर्ने गराउने अधिकार सहितको जिम्मा अध्यक्ष अर्याललाई दिएको छ ।

स्याङ्गजा सहयोग समाज दोहा कतार बैदेशिक रोजगारको शिलशिलामा कतारमा आई विभिन्न क्षेत्रमा कार्यरत स्याङ्गजावासिहरुको सक्रियतामा सामाजिक सेवा र सद्धभाव ,आपसमा भाइचाराको सम्वन्ध विकास, मानविय सहयोग र कल्याणको क्षेत्रमा योगदान पर्ुयाउदै आएको छ र आफ्नो उद्देश्य अनुरुप कतारमा सेवा र सहयोगका गतिविधिहरु संचालन गरि सस्थाले सामाजिक क्षेत्रमा चर्चा बटुल्दै आईरहेको छ ।

Posted by Anonymous on 6:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्या.स.स.अन्तराष्ट्रिय समन्वय समितीको प्रथम साधारण सभा हुने"

Leave a reply