स्याङ्गजा सहयोग समाज कतारले मृतकका परिवारलाई चार लाख भन्दा बढिको सहयोग
घनस्याम पराजुली -कृष्ण) दोहा कतार ,असार ४ - स्याङ्गजा जिल्ला दरौं गा.वि.स वडा नं.-०५ घर भई वैदेशिक रोजगारको शिलसीलामा प्राण भन्दा प्यारो मातृभूमी र आफ्नो घर परिवारलाई छोडेर दर्ुइ चार पैसा कमाएर व्यवस्थित जीवन जिउने आशामा २१ महिना अगाडि मात्र यस दोहा कतारमा आई अरब आर्ट डेकोरेसन कम्पनीमा मा छ महिना सम्म पनि तलव पाउन नसकेपछि बाध्यतावश कम्पनी छोडेर अन्यत्र कार्यरत स्वर्गिय रुद्र बहादुर सार्की मिति ०४ फेब्रुअरी २०१२ का दिन आकस्मिक निधन भएको थियो ।
सार्किको आकस्मिक निधन पश्चात कतारको सरकारी नियम अनुसार उहाँ अवैधानिक हुन आएकोले नेपाल पठाउन जिम्मेवारि व्यक्ति समेत तयार नभएको अवस्थामा स्याङ्गजा सहयोग समाज दोहा कतारको विशेष पहलमा संस्थाका अध्यक्ष श्री टुकराज अर्यालको विशेष उपस्थितिमा स्या.स.स.का श्री कृष्ण गिरि,केयर सिं,नारायण सिं गुरुङ्गको प्रशंशनिक सहयोग बाट कतारि प्रशासन समेतको रोहवरमा कम्पनि संचालक लाई विशेष दवाव सृजना गरि संस्थाका प्रमुख सल्लाहकार श्री गुरुनारायण रानाभाटको पहलमा नेपाल राजदुतावासमा अनुरोध गर्दा समेत तत्काल पहलमा ढिलाई हुन जादाँ संस्था र सहयोगि हातहरुको प्रयासले कम्पनिवाट पहिला काम गरेको रकम र सवै सेवा सुविधा उपलव्ध गर्राई गत १७ अप्रिल २०१२ मा मृतकका घर परिवारको पायक पर्ने स्थान स्याङ्गजा जैसिडाडा सम्म पर्ठाई जिम्मा लगाएको थियो । उक्त मृतकको कम्पनिवाट प्राप्त रकम क.रि.२७५० नेपाल दुतावास मार्फ पठाएको एवं मृतक अत्यन्तै नाजुक पारिवारिक स्थितीको हुनुभएको र उहाँको श्रीमती, चार छोरीहरु सहाराविहिन हुनुभएको जानाकारी हुन आएकोले ती वेसाहारा परिवार प्रति सहानुभुति प्रकट गर्दै, स्या.स.स. दोहा कतारले कतारमा कार्यरत सम्पर्ूण्ा दाजुभाई तथा दिदीवहिनीहरु, बृद्धिजीवी वर्गहरु, व्यापारी तथा उधोगपति वर्गहरु, साथै दोहाका स्थापित संघसंस्थाहरुलाई सहयोगको लागि अपिल गरेको थियो ।
संस्थाका द्धि.उपाध्य श्री गोप सुनारको संयोजक रहेको सहयोग संकलन कार्यक्रमबाट दोहा स्थित सहयोग दाता सँग आर्थिक सहयोग संकलन गरेको र संकलित सहयोगको रकम रु.४१४५००/--अक्षरुपि ःरु.चार लाख चौध हजार पाच सय मात्र । )स्याङ्गजा जिल्ला सदरमुकाम स्थित श्री मुक्तिनाथ विकास बैंकमा मृतकका परिवारको नाममा संयुक्त १० बर्षो मुद्दति खाता सन्चालन गर्ने र उक्त रकमवाट प्राप्त व्याज रकम बैंकको नियम बमोजिम त्रैमासिक रुपमा मृतक परिवारको अभिभावकको नाताले श्रीमति कोपिला सार्किले बुझि पारिवारिक खर्च चलाउन सक्नुहुनेछ र यस मुद्दतिको समयावधि सकिए पछि खातावालाको संयुक्त उपस्थिीति , स्या.स.स.दोहा कतारको प्रतिनिधि एवं स्या.स.स. अन्तराष्ट्रिय समन्वय समितिको रोहवरमा भुक्तानि पाउनेछन ।
गत तिन महिना भित्रमा ४ जना कतारमा कार्यरत स्याङ्गजावासिलाई आकस्मिक दर्ुघटना वाट गुमाइसकेको छ ,यसरि दर्ुघटनामा परि निधनहुने मृतकका परिवारहरुको पारिवारिक स्थितिलाई मध्यनजर गर्दै कतारमा कार्यरत सम्पर्ुण्ा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सँग सहयोग संकलन गरि स्याङ्गजा सहयोग समाज दोहा कतारले राहत प्रदान गर्दै आएको छ ।
Posted by Anonymous
on 6:53 AM. Filed under
News,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response