दालचिनी मिनि महोत्सवमा पत्रकार अर्याल सहित ४ सम्मानित
वैशाष २०, पाल्पा— कान्तिपुर दैनिकका पत्रकार माधब अर्याल समेत चारजनालाई पाल्पाको दोभान गाविसको ज्यामिरे, बेरुवामा सोमवार आयोजना गरिएको दालचिनी मिनी महोत्सवमा सम्मान गरिएको छ ।
दालचिनी र तेजपातलाई चिनाउन र दोभानको ज्यामिरेलाई ऋणमुक्त गाउ“का रुपमा परिचय दिन सफल भएको भन्दै सम्मान गरेका हुन् । हात्तीकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्रबहादुर सर्वुजामगर, जिल्ला वन कार्यालय पाल्पाका प्रमुख सुरेश सिंह, जिल्ला भुः संरक्षण कार्यालय पाल्पाका प्रमुख गोपाल पौडेलले अविर, दोसल्ला, सम्मानपत्र प्रदान गर्नुभयो ।
अर्याल समेत गाउ“ले देउराली साप्ताहिकका पत्रिकाका सम्पादक मेघराज शर्मा, जिल्ला वन कार्यालय तनहु“का प्रमुख रामबाबु पौडेल, सहायक जिल्ला वन अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई पनि सम्मानित गरियो । ‘ऋणमुक्त गाउ“को शान, दालचिनी (तेजपात) को महत्व र पहिचान’ भन्ने नारा साकार पार्न दोभानेको बेरुवामा दालचिनी मिनी महोत्सव आयोजना गरिएको हो ।
दोभान वन समन्वय समितिका सचिव दलबहादुर गुरुङ्गले ‘ऋणमुक्त गाउ“को शान, दालचिनी (तेजपात) को महत्व र पहिचान’ भन्ने नारा साकार पार्न महोत्सव आयोजना गरिएको बताउनुभयो । ‘दालचिनी मिनी महोत्सव’ मा यस भेगका ५ हजार बढीको सहभागिता रहेको थियो ।
गाउ“को समग्र पहिचान गराउन र उत्पादित दालचिनीको विक्री वितरणबाट भएको आर्थिक, सामाजिक उत्थान सम्वन्धी जानकारी गराउन महोत्सव गरिएको हो । वडानं २ का छ वटा सामुदायिक वन उपभोक्ता समुह, दोभान वन समन्वय समिति, दोभान एकीकृत पर्यटन विकास समिति र दोभान गाविसकोले महोत्सव आयोजना गरेका हुन् ।
