|

जापानको सहयोगमा विद्यालय भवन

मुक्तिप्रसाद न्यौपाने,पाल्पा ,वैशाष २०-साइतामा युनेस्को एशोसिएशन, जापानकोसहयोगमा पाल्पा खानीगाउँको दैलातुङ्ग निम्न माध्यमिक विद्यालयमा दुई कोेठे भवन निर्माण सम्पन्न भएको छ ।
   
 नवनिर्मित दुई कोठे भवनको आज उद्घाटन गर्दै जापानी समाज सेवी ताकासी होण्डाले एशोसिएशनका अध्यक्ष होण्डाले संस्थाका ७ सय जापानी सदस्यहरूले एक हप्ताको सेवा दानबाट प्राप्त रकम यो विद्यालय भवन बनाउन सहयोग गरिएको जानकारी गराए । उनले नेपालमा १ हजार विद्यार्थीलाई टात्रवृत्ति र ६३ वटा विद्यालय भवन बनाएको भन्दै भविष्यमा पनि सहयोग गरिरहने बताए ।

साइतामा युनेस्को एशोसिएशन, जापानको ४ लाख ४० हजार, स्थानीय वासिन्दाको श्रमदान ८८ हजार र बाँकि नपुग १ लाख १५ हजार ९ सय ६० विद्यालयको कोष गरी जम्मा ६ लाख ४३ हजार ९ सय ६० रूपैयाँमा भवनको निर्माण कार्य सम्पन्न भएको प्रधानाध्यापक केशवराज खरालले बताए । कर्यक्रममा बोल्दै शिक्षा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेका र यस विद्यालय भवन निर्माणमा विशेष सहयोग गरेका जापानी समाजसेवी काजुमासा काकिमि ओके बाजीले विद्यालय भवनको निर्माण पछि वालवालिकालाई पढ्न सजीलो हुने भन्दै संस्थाको सम्झनामा दुई वटा पीपल रोप्न आग्रह गरे ।
     तस्वीर  सौजन्यः गोपालप्रसाद बस्याल

Posted by Journalist Mukti on 1:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जापानको सहयोगमा विद्यालय भवन"

Leave a reply