लोडसेडीङले एक दर्जन फर्निचर उद्योग बन्द हुने अवस्थामा
कृष्ण आचार्य,दैलेख,बैसाख २०-सुख्खायामको सुरुवातसागै बढ्दै गएको लोडसेडिङिका कारण दैलेखका एक दर्जन फर्निचर उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । बत्ति नहुदा काम नहुने , कामदारको पारिश्रमिक मात्रै बढ्ने र खर्चको तुलनामा आम्दानी थोरै भएका कारण उद्योगहरु बन्दहुने अवस्थाम पुगेका हुन् । लोडसेडिङको तालिका अनुसारको बत्ति नियमित नहुदा आफना उद्योगमा अर्डर आएपनि फर्काउनु पर्ने बाध्यता रहको संचालकको भनाई छ । लोडसेडिङका कारण दैनिक ४० प्रतिशत काम पनि हुन नसकेको मधुवन फर्निचरका सन्चालक रामबहादुर विकले बताउनुभयो । । सीप र अवसर दुबै भए पनि बत्ति नहुदा हात बाधेर बस्नु पर्ने अवस्था रहको उहाले बताउनुभयो । लोडसेडिङिको विकल्प नभए दैलेखका सबै फर्निचर उद्योगहरु बन्द हुने फर्निचर उद्योग संचालकहरु बताउाछन् ।
![](http://3.bp.blogspot.com/-QRlvJwBFuVA/UOmaRaHMxnI/AAAAAAAAP60/i40pgqDAyAk/s1600/butwalonline.png)