|

जातीय राज्यको बिरोधमा आन्दोलनको घोषणा


पाल्पा, वैशाख २० - जातीय राज्यको बिरोधमा यहाँका जातीय संङ्गठनले आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले राष्ट्रिय अखण्डता र जातीय सद्भाद्का लागि बुधवार पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने जनाएका हुन् । 
जातीय राज्यको बिरोधमा ब्राहमण समाज, क्षेत्री समाज, दशनामी समाज, ठकुरी समाज महासंघ, विभेदमुक्ति प्रगतिशिल समाज, दलित जनजागरण समाजलगायतले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरूले राज्यको पुर्नसंरचना जाति, भाष, धर्मको आधारमा गर्न नहुने बताए । संयूक्त संघर्ष समितिका संयोजक डा. नेत्रप्रसाद न्यौपानेले भौगोलिक निकटता, प्रशासनिक अनुकूलता, स्रोत र साधनको उपलब्धता र आर्थिक संम्भाव्यताको आधारमा उत्तर दक्षिणसीमा जोड्ने गरी गर्नुपर्ने बताए । 
उनले प्रदेशको नामाकरण पनि जातीय, धार्मिक र भाषिय आधारमा नभई साझा प्राकृतिक सम्पदाको आधारमा गर्नुपर्नेमा जोड दिए । आन्दोलन अन्तर्गत आमसभा, धर्ना, मसाल जुलुस र बैशाख २८ र २९ गते जिल्ला बन्दको घोषणा गरेका छन् । 
यसैबीच, मगरात स्वायत्त राज्यको निर्माणसंगै संघीय राज्यको राजधानी पाल्पालाई बनाउनुपर्ने माग गर्दे नेपाल मगर संघ पाल्पाले दबावमूलक कार्यक्रम गर्ने भएको छ । दबाबमुलक कार्यक्रम अन्तर्गत बैशाख २५ गते र्याली र २६ गते बिचार गोष्ठी गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष बलबहादुर गाहामगरले बताए । जनजातिहरुको अधिकारलाई सुनिश्चितताका लागि दबाव मूलक कार्यक्रम चलाउनका लागि संयुक्त सघर्ष समिति गठन गर्ने उनले बताए । 
समाचार कान्तिपुर दैनिक बाट 

Posted by Butwalonline on 10:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जातीय राज्यको बिरोधमा आन्दोलनको घोषणा"

Leave a reply