बसको ठक्करबाट युवतीको मृत्यु
काठमाडौँ, वैशाख २०- शेषनारायण-७ डल्लु बस्ने २३ वर्षीया रश्मी के.सी.को बसको ठक्करबाट मृत्यु भएको छ।उनलाई आज बिहान ११ बजे फर्पिङ-७ बाँसबारीमा बा.१ ख ५२५९ नम्बरको बसले ठक्कर दिएपछि उपचारको लागि स्टार अस्पताल बल्खु लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।
त्यसैगरी कोटेश्वर बस्ने हिमालयन टाइम्सका मार्केटिङ अफिसर रुपन्देही जिल्ला बुटवल नगरपालिका-२ घर भएका ३० बर्षीय सुधिर गौतमको मिनिट्रकको ठक्करबाट मृत्यु भएको छ।
उनलाई मंगलबार राति चाबहिल स्तुपा अगाडि बा.२ ख ५७४१ नम्वरको मिनिट्रकले ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि ओम अस्पताल लगिएकोमा मृत्यु भएको थियो।
समाचार नागरिक न्युज बाट