|

राती ८ देखि भोली विहानसम्म बन्द खुल्ने




बुटवल,७ जेठ । नेपाल आदिवासि जनजाति महासंघको बन्द आज बेलुकी ८ बजेदेखि भोली विहान साढे ५ बजेसम्म खुल्ने भएको छ । बन्दले विचमा रोएिका यात्रु र अत्याआवश्किय सामानहरुको किनवेचका लागि बजार र यातायात खुल्ला गरिने महासंघले जनाएको छ । देशब्यापी निर्णय अनुसार रुपन्देहीमा पनि आज बेलुकी ८ देखि भोली विहान साढे ५ बजेसम्म बन्द खुल्ला रहने महासंघका जिल्ला अध्यक्ष होम बहादुर गलामीले बताउनुभयो । नागरिकहरुको पिडालाई मध्यनजर गरेर रातमा सवारी संचालनमा अवरोध नगर्ने जनाउदै अध्यक्ष गलामीले विहानदेखि फेरी बन्द जारी रहने बताउनुभयो । अहिले भने बन्दले रुपन्देही सहित देशभरकै जनजीवन निकै प्रभावित भएको छ । थारुहरुको बन्दले कष्टकर भईरहेको रुपन्देहीमा आजदेखि आदिवासि जनजातिहरुको बन्दले थप सास्ती पाएका छन् । रुपन्देही तराईका जिल्लाहरुमा बैशाखको अन्तिम सातादेखि निरन्तर बन्द हुदै आएको छ । जातिय पहिचान सहित राज्यको पुर्नसंरचना हुनुपर्ने,पछिल्लो समयमा सरकारले ब्राहमण क्षत्रिलाई खस आर्य आदिवासिमा सुर्चिकृत गरेको विरोध गर्दै आजदेखि ३ दिने आम हड्तालमा जनजातिहरु उत्रिएका हुन । बुटवल र भैरहवामा गाडी संचालन हुन सकेको छैन भने बजार पनि बन्द छ ।

 जनजातिहरु विहानैदेखि बुटवल र भैरहवाका चोक चोकमा जम्मा भएर साईकललाई समेत अवरोध गरेका थिए । बन्दकर्ताहरुले पत्रकारहरुलाई हाम्रो समाचार लेखेको छ कि छैन भनेर धम्कयाउने गरेका छन् । यसेैगरि पत्रिका वितरणमा समेत समस्या भएको जनाईएको छ ।रुन्देहीमा जनजाति महासंघ संगै बृहत मधेशी मोर्चा,थारु संघर्ष समिति,मुस्लिम लगायतको समुहहरुको बन्दले गर्दा पुरै जिल्ला ठप्प भएको हो । प्रहरीले तनाव हुन सक्ने भन्दै बुटवल र भैरहवामा बाक्लो संख्यामा प्रहरी खटाएको छ ।

Posted by Butwalonline on 5:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राती ८ देखि भोली विहानसम्म बन्द खुल्ने"

Leave a reply