प्रदर्शनकारीद्वारा पत्रकार निर्घात कुटपिट एक दर्जन सवारी तोडफोड
चितवन, जेठ ७- संयुक्त थारु संघर्ष समितिले नवलपरासीको डण्डास्थित थारु संग्रहालयमा आयोजना गरेको विरोध सभाको समाचार संकलन गरेर फकिर्दै गरेका नवलपरासीका पत्रकार हरि शर्माको थारु कार्यकर्ताले हात भाँचिदिएका छन्। पत्रकार शर्मा अन्नपूर्णपोष्ट, इमेज च्यानललगायतका सञ्चारमाध्यममा कार्यरत छन्।
नेपालगंजमा आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आफ्नो पक्षमा समाचार नआए पत्रकार र सञ्चारमाध्यम जलाउन सक्ने बताइरहँदा उनकै कार्यक्रमको समाचार लेख्न हिँडेका शर्मामाथि आक्रमण भएको हो। शर्मा सवार मोटरसाइकलमा समेत आगजनी भएको छ। शर्माको पृश्वीचन्द्र अस्पताल परासीमा उपचारपछि थप उपचारका लागि बुटवल लैजाने तयारी भैरहेको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुत्तोम सुवेदीले बताए। पत्रकार शर्मामाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ नवलपरासीले खेद जनाएको छ। प्रेस चौतारी, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ नवलपरासीले शर्मामाथिको आक्रमण प्रेसमाथिको आक्रमण भएको भन्दै सुरक्षाको माग गरेको छ। कावासतीका डिएसपी मुकुन्द मरासिनीसँग भेटेर सुरक्षाको माग समेत पत्रकारहरुले गरेका छन्।

आफूहरुको पक्षमा समाचार नआएको भन्दै विगत केही समययता थारु समुदाय सञ्चारमाध्ययमप्रति रुष्ट देखिएका छन्। रातीको घटना सेलाउन नपाउदै आइतबार बिहान थारु कार्यकर्ताले बासा सडकमा एकदर्जन सवारीमा तोडफोड र आगजनी गरेका छन्। बस, एम्बुलेन्स, मोटरसाइकलजस्ता सवारी तोडफोडको निशाना बनेको परासी प्रहरीले बताएको छ। थारु प्रदर्शनकारीहरुले वुटवलबाट चितवन आउँदै गरेको ना४ख ४८४३ र ना४ख ४६८२ नम्बरको मालबाहक ट्रक, ना१ख ७४१२ नम्बरको पानी ट्याङकर, ना२ख ७०६१ नम्बरको सिमेन्ट बोकेको ट्रक, ना३ख १७०७ नम्बरको चकलेट बोकेको ट्रकमा आगजनी र तोडफोड गरेका हुन्।
लगातारको बन्द अवज्ञा गरेको भन्दै भे १ प ५८६४ र लु ७ प ६४८१ नम्बरको मोटरसाईकल,नम्बर नखुलेको भ्यान र एक मोटरसाईकल तथा राती पत्रकार हरिशर्माको लु १ प २६१८ नम्बरको मोटरसाईकल पनि आगजनी र तोडफोड भएका छन्।
समाचार नागरिक न्यूज बाट