|

प्रेस रिलिज:अमर बचाउ अभियान सुरु




                                                   अमर बचाउ अभियान सुरु    

यूएईको दुवईस्थित जेलमा मृत्युदण्डको फैसला सुनाईएका निर्दोष नेपाली अमर बहादुर बमलाई बचाउन प्रवासी नेपाली समन्वय समितिको पहलमा अमर बचाउ अभियान सुरु गरेको छ ।

 अमर बचाउ अभियानद्धारा एक प्रेशविज्ञप्ति प्रकाशित गर्दै उक्त कुराको जानकारी गराएको हो । दुबईको इन्डियन क्लबमा भारतीय नागरीक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा  दार्चुला जिल्ला धारी गाबिसका ३४ बर्षिय अमरबहादुर बम २००३ जनवरी २५ गते पक्राउ परे । उनीसँगै अरु तीन जना भारतीय नागरीक मनोज मुदाना, करन सिंह राजदुपत र स्मद कुलत बनवारी पक्राउ परेका थिए । प्रहरीले मनोज मुदाना र करन सिंह राजपुतले शरद सेठ्ठीमाथि गोली प्रहार गरेको, स्मद कुलत बनवारीले हतियार उपलब्ध गराएको र अमरबहादुर बमले उनीहरुको सवारी चालकको रुपमा काम गरेको भन्दै अदालतलमा ज्यान मुद्दा दायर गर्‍यो । त्यस मुद्दामाथि सुनुवाई गर्दै दुवई अदालतले मनोज, करन र अमरलाई मृत्युदण्ड दिने फैसला सुनायो ।

अमर आफुलाई निर्दोष भएको बारम्बर बताउदै आएका छन् । भाषा नबुझ्ने र बुझाउन नसक्दा अदालत समक्ष आफ्ना कुरा राख्न नपाउदा आफु दण्डित हुनुपरेको बताएका छन् । उनले ‘हत्या हुनुपर्ब र हत्याको तत्काल पश्चात पनि सोको बारेमा अनबिज्ञ रहेको’ कुरा तत्कालिन राजदुत अर्जुनबहादृर थापालाई समेत बताएका थिए । हत्यामा गोली हान्ने दुई भारतीय नागरीक करन र मनोजले समेत ‘आफुहरुको योजनाबारे अमर बेखबर रहेको र उनी दुबईमा ब्यसायिक चालकको भुमिका मात्रै निर्बाह गरेको’ भन्दै निर्दोष रहेकोले माफी दिन  दुबई अदालतलाई पत्र लेखिसकेका छन् ।

बिदेशमा रहेका नेपाली नागरीकको जीबन रक्षा गर्नु राज्यको दायित्व र कर्तब्य हो । बिदेशमा आफ्ना नागरीक कस्तो अबस्थामा छ भन्नेमा पनि राज्यले चासो र चिन्ता सधै राखिराख्नु पर्छ । कुन देशमा कुन जेलमा कुन अभियोगमा र कस्तो अबस्थामा आफ्ना नागरीक छ भन्ने सुचना राज्यसँग सधै हुनुपर्छ । तर, एउटा निर्दोष नागरीकले ९ बर्षदेखि  मृत्युदण्ड जस्तो गम्भिर  सजाय भोगिराख्नु पर्दा पनि हाम्रो सरकार बेखबर भयो । ढिला गरि यसबारे सुचना पाएको दुई बर्ष बितिसक्दा पनि सरकारले यस घटनाप्रति संबेदनशील रुपमा अघि नबढेको आमरुपमा अनुभुति भएको छ ।

युएईस्थित नेपाली संघसस्थाहरुको छाता संस्था नेपाली समाज, गैरआबासीय नेपाली संघले यसबारे गम्भिर भएर अमरको जीबन रक्षाको लागि कुटनीतिक पहल गरिदिन पटक पटक प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री, नेपाली राजदुतबाससमक्ष आग्रह गरेपनि सरकारले अमरको जीबनरक्षाको लागि पहल नगरेकोमा हामी निकै दुखित छौं । सरकारले यसबारे पहल गरेको आशालाग्दो सुचना दिन सकेको छैन ।

त्यस फैसलालाई दुवई सरकारले जुनसुकै बेला कार्यान्वयन गर्न सक्ने भएकोले आफ्नो नागरीकको जीबनरक्षाको लागि दुबई अदालतमा पुनराबेदन गर्न र दुबई सरकारसँग छलफल गर्न सरकारलाई अनुरोध गरिएको छ । यसको लागि सरकारलाई दवाव दिन अमर बचाउ अभियान शुरु गरेको जानकारी गराएको छ । यस अभियानमा दर्चुलाका माननीय सभासद, युएईस्थित क्रियाशील नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल, एनआरएनएनसीसीका अध्यक्ष चन्द्र रोकाहा, एकता समाजका अध्यक्ष मानबहादुर थापा लगायत सबै संघसस्थाको सहभागिता रहने अमर बचाउ अभियानले विश्वास गरेको छ । यसमा साथ दिन हामी गैरआबसीय नेपाली, मानबअधिकारकर्मी, नागरीक समाज, सञ्चारकर्मी, ट्ेरडयुनियन, आप्रबासनको क्षेत्रमा कृयाशिल संस्था  लगायत सबैलाई अनुरोध गरेको प्रेश विज्ञप्तिमा जनाईएको छ  ।



Posted by Butwalonline on 1:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस रिलिज:अमर बचाउ अभियान सुरु"

Leave a reply