आन्दोलनकारीले नागरिक पत्रिका जलाए
कपिलबस्तुको पिपरामा भे १ ज १०८३ नम्बरको पत्रिका बोक्ने गाडी रोकी आन्दोलनकारीले नागरिकका २ हजार १ सय प्रति र रिपब्लिका ५ सय ४ प्रति जफत गरेका छन्। उनीहरुले पत्रिकामा समाचार नहालेको भन्दै पत्रिका च्यातेर सडकमा फ्याँकेको स्थानीय बिक्रेता धर्मराज घिमरेले ले जानकारी गराए। रुपन्देहीको मणिग्राममा पनि पत्रिका झिकेर जलाएका छन्। वितरण विभागका कर्मचारी महेश शर्माका अनुसार आन्दोलनकारीले पत्रिका सडकमा जलाएर विरोध जनाएका छन् ।भक्तपुरको पलासे र रुपन्देहीको सालझन्डीमा पनि पत्रिको बोकेको गाडीमा आन्दोलनकारीले अवरोध पुर्याएको वितरण विभाग प्रमुख राम भट्टराईले जानकारी दिए।
समाचार नगरीक न्यूज बाट
समाचार नगरीक न्यूज बाट