चट्याङका कारण दुई जनाको मृत्यु एफएम रेडियोको रिपिटर टावरमा क्षति
सोलुखुम्बु, वैशाख २८- जिल्लाका विभिन्न स्थानमा गएराति र हिँजो साँझ परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। रातभरको अविरल वर्षासँगै आएको चट्याङले बिहान ३ बजेतिर तिङ्ला गाविस-२ का ३८ वर्षीय सानु पेम्बा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ।
हिजो मात्रै छोरा जन्मिएका शेर्पाको रातको समयमा ओछ्याउने गुन्द्री लिन घर बाहिर निस्कँदा नै चट्याङले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ। उता सल्यान गाविस-३ बस्ने ४० वर्षीय तिलकुमारी नेपालीको बुधबार साँझ परेको चट्याङले ज्यान गएको छ भने सोही गाउँका ५ जना घाइते भएका छन्। घाइतेको प्राथमिक स्वास्थ केन्द्र सल्यानमा उपचार भइरहेको छ।
हिजै परेको चट्याङका कारण जिल्लमा सञ्चालित एफएम रेडियोहरुले पनि क्षति बेहोरेका छन्। हिमाल एफएमको गएराति रिपिटर टावरको विद्युत् लाइन नै अवरुद्ध पारेको छ भने सामुदायिक रेडियो सोलु एफएमको पनि पत्ताले डाँडामा रहेको रिपिटर टावरको विद्युतीय उपकरणमा क्षति पुग्दा प्रसारण नै बन्द भएको छ। भर्खरै मात्र १६ लाख रुपियाँको लागतमा किनेको सोलार सिस्टम पूर्णरुपमा जलेको सोलु एफएमका स्टेशन म्यानेजर मनोज श्रेष्ठले जानकारी दिए।
उता नेपाल टेलिकमको सल्लेरी २ फाप्लुमामा रहेको जिएसएम मोबाइलको टावरमा क्षति पुग्दा जिएसएम मोबाइल सेवा नै अवरुद्ध भएको छ। वर्षासँगै परेको असिना पानीले जिल्लाको दक्षिणी भेगमा लगाइएका खाद्यान्न बाली पनि सखाप भएका छन्। भित्र्याउने बेला भइसकेका गहुँ र जौ जस्ता बालीको फल असिनाले झारेपछि कृषक चिन्तित बनेका छन्।
समाचार नागरिक न्यूज बाट