प्रेस रिलिज:जनगुनासो निबारक संयञ्त्र कार्य सिकाई परियोजना
lhk|sf b=g+=af+s] $(^÷)^)÷)^!
भ्रष्टाचार मुक्त समुन्नत समाजको सृजना गरौं
बास ९द्यब्क्०
केन्द्रिय कार्यालय, नेपालगंज बांके
९०८१–५२६१५४
प.सं. : ०६८/०६९ मिति २०६९ बैशाख २५ गते
च.नं. :
प्रेस बिज्ञप्ती
आज बिश्व बैंकको सहयोगमा संचालित नेपालमा जवाफदेहिता कार्यक्रम (एच्ब्ल्) र अन्तराष्ट्रिय अध्ययन केन्द्र (सेसी) को सहयोगमा बासले नेपालगञ्ज नगरपालिकामा जनगुनासो निबारक संयञ्त्र कार्य सिकाई परियोजना
(पि.जि.आर.एस.) अन्तरगत समुदायिक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्ज नगरपालीकाको वडा नं. १६ मा सम्पन्न गरेको सो कार्यक्रममा ठुलो सख्यामा वडा बासिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपालगन्ज नगरपालीकामा गुनासो गर्दा र वडा मा भएका समस्याहरुलाई नगरपालीका सम्म पुर्याउन के गर्ने र कुन प्रकृयाबाट अगाडी बढ्ने भन्ने बिषयमा बासका अध्यक्ष राजु लामिछानेले जानकारि प्रदान गराएका थिए । कार्यक्रममा वडा बासिहरुले वडामा भएका समस्याहरु प्रशतुत गरेका थिए । जस माथि कार्यक्रमा व्यापक छलफल समते भएको थियो । वडा नं. १६ को आाप बगियामा सम्पन्न कार्यक्रमको सञ्चालन
बासका प्रबक्ता हेमराज भट्टले गरेका थिए ।
कार्यक्रममा सहभागी वडा बासिहरुले आफ्नो वडामा सडक मर्मत तथा नहर सरसफाईमा ध्यान नदिएको, पानी धाराहरु जोड्दा खाल्टा खन्ने तर त्यो नपुरी दिदा समस्या सिर्जना भएको, कतिपय वडा बासिहरुमा अझै पनि चेतनाको विकास नभईसकेको अवस्थामा वडामा गुनासो सुनुवाईको प्रकृयाको बारेमा व्यापक जनचेतना जगाउनुपर्ने, वडामा खर्च हुने आर्थिक बजेटको वडा बासिहरुलाई जानकारि गराउनु पर्ने, समुदायबासिहरुलाई चेतना जगाउने खालका सामुदायिक शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने लगायतका गुनासाहरु राखेका थिए । अहिले आएर नेपालगन्ज नगरपालीकाले गुनासो सुन्ने व्यक्ति र गुनासोका लागि नम्बरहरु तोकिदिदा गुनसो गर्ने सहज बाटो खुलेको भन्दै आएका गुनासाहरु माथि समाधान गर्ने तर्फ पनि उत्तीकै ध्यान दिएमा नगरपालीकाको यो कार्य निकै प्रशंसा योग्य हुने धारणा राखेका थिए । बासले सञ्चालन गरेको कार्यक्रम निकै उपलब्धी पूर्ण रहने भन्दै उनीहरुले यस्ता कार्यक्रमहरु आएमा पक्कै पनि नगरको विकास हुने विश्वास व्यक्त गरेका थिए । सञ्चालीत कार्यक्रम र जनगुनासो निबारण संयन्त्रका बारेमा जानकारि बासका अध्यक्ष राजु लामिछानेले गरेका थिए ।
यस परियोजना अन्र्तगत बासले ६ महिने अबधिमा स्वयंसेबकहरुलाई अभिमुखिकरण, नगरपालिकाका कर्मचारीहरुलाई अभिमुखिकरण, १७ वटै वडामा नागरिक शिक्षा, रेडियो कार्यक्रम, बुलेटिन प्रकाशन, सरोकारवालासंग बैठक आयोजना गर्नेछ भने जनगुनासो निबारक संयञ्त्र लागु गर्नुका साथै हरेक महिना सो संयत्रबाट भएका प्रगतिहरुको अनुगमन गरि पत्रकार सम्मेलनको आयोजना गर्नेछ ।
हेमराज भट्ट
प्रबक्ता, बास
Posted by Butwalonline
on 12:26 AM. Filed under
Press Release
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response