बुटवलमा आधाले घरवहाल कर बुझाउदैनन
विनोद परियार,बुटवल,१ जेठ । बुटवलमा अझै पनि ५० प्रतिशतले घर बहाल कर नबुझाउने गरेको बुटवल नगरपालिकाले जनाएको छ । नगरपालिकाका राजस्व शाखा अधिकृत विजयदेव भुर्तेलका अनुसार बहाल कर बुझाउनुपर्छ भन्ने सोचाई घरधनीहरुमा नहुदा समस्या भएको हो । नगरपालिकाले जनाए अनुसार बुटवलमा झन्डै २५ हजार घरधुरीहरु छन् । नगरपाकिाले स्थनिय स्वायत्त शासन ऐन २०५५ अनुसार २ प्रतिशत बहाल कर उठाउने गरेको छ ।
पछिल्लो समयमा सरकारले समेत बहाल कर असुली सम्बन्धी निर्देशिका ल्याएपछि स्थानिय निकायहरुले बहाल कर उठाउने अभियानलाई भने तिव्रता दिइएको छ । तर बुटवल नगरपालिकामा गएको वर्षमा भन्दा घर वहाल कर तिर्नेहरुको संख्या बृद्धि भएको छ । आर्थिक वर्ष ६६/६७ मा १७ लाख २९ हजार,६७/६८ मा २४ लाख ९७ हजार ७ सय र यो चालु आर्थिक बर्षको बैशाखसम्मा ३१ लाख ८४ हजार ८ सय रुपैयाँ वहाल कर उठेको हो । कतिपय घरधनीहरुले भने दोहोरो करका कारण आफुहरु मर्कामा परेको गुनासो गरेका छन् । नगरपालिकाले २ प्रतिशत र आन्तरिक राजस्व कार्यालयले आयकर ऐन २०५८ अनुसार १० प्रतिशत बहाल कर उठाउदै आएको छ ।
Posted by Butwalonline
on 8:05 AM. Filed under
Economy,
Local News,
National News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response