गुल्मिका संपूर्ण शिक्षण संस्थाहरु जेठ १४ सम्म बंद
गुल्मी जेष्ठ ५ -दैनिक हुने गरेको बंद र आम हड़तालका कारण असुरक्षा स्थिति सृजना भएकाले गुल्मीका संपूर्ण शिक्षण संस्थाहरु जेठ १४ सम्म बंद हुने भएका छन| हिजो बसेको शिक्षक संघ,संगठन र बिभिन्न सस्थाहरुका प्रतिनिधि हरुको बैठकले बिधालयहरुले पाउने ४५ दिनको बर्खे बिदामा कट्टा हुनेगरि,जिल्लाका संपूर्ण शिक्षण संस्थाहरु १० दिनका लागि बंद गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी गोबिंद प्रसाद अधिकारीले बताउनु भयो |बंदका कारण यतायातका साधन नचाल्ने हुंदा बिधार्थी हरुलाई कठिनाई भएका ले एस्तो निर्णय गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मी ले जनाएको छ| यसरी बिधालय बंद हुदा सामुदायिक तथा संस्थागत गरि ६५८ बिधालय का करीब ७० हजार बिधार्थी मर्का मा परेका छन |