सेतीमा भेटीएका शव पहिचान गर्न कठिन अहिलेसम्म ३१ को शव भेटियो
काठमाडौं, जेठ १ - गृह सचिव सुशील जंग राणाले सेतीको बाढीमा परेकाको शव पहिचान गर्न कठिन हुँदै गएको बताएका छन्। संसदको प्राकृतिक स्रोत साधान समितिको बैठकमा बोल्दै उनले सेतीको बाढीमा हराएकाको खोजी जारी रहेको बताए। पाँचवटा डोजर लगाएर शव खोज्दा कङ्कालहरु फेला परेको तर तीनको पहिचान हुन नसकेकको जानकारी गराए।
भावनात्मकरुपमा मानिसको खोजी गर्न परेको बताउँदै उनले बालुवा पल्टाएर शव खोज्दा फेला परेका कंकाल कसको हो भन्ने पहिचान गर्न नसिकएको बताए। नास्टबाट डिएनए परीक्षण गरेरमात्र कङ्काल कसको हो पहिचान हुन सक्ने अवस्था रहेको उनले बताउ।
अहिलेसम्म ३१ को शव फेला परेको जानकारी दिँदै उनले बाढीमा तीन युक्रेनी नागरिक परेको बताए। घाइतेहरु जोखिममुक्त रहेको जानकारी पनि उनले दिए।
समाचार नागरिक न्यूज बाट