रूपन्देहीमा दादूरा कारण पाँच जना बालबालिकाको मृत्यु
रुपन्देही,जेठ
१ -रूपन्देहीको करौता गाविसमा दादूराले महामारीको रुप लिएपछि पाँच जना बालबालिकाको मृत्यु भएको छ । दादुराको प्रकोपबाट मृत्युहुनेहरुमा करौता-३ गणेशपुरका ३ बर्षका सन्नी देवल केवट, ४ बर्षका नन्दनी केवट, १ बर्षकी आरती यादव र अढाई बर्षका जुनियर अली मन्सुरी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासक महेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
करौताको वडा नं ९ का ४ वर्षका निरज हरिजन, वडा नं ७ का ४ बर्षकै दुर्गेश केवटलाई दादुराले गम्भीर बनाएपछि उपचारार्थ भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको छ । दादुराले सोही गाविसमा ६५ जना बालबालिकालाई प्रभावित बनाएको छ ।दादुराको प्रकोपले महामारीको रुप लिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयका चिकित्सकहरु सहितको टोली करौता गाविस पुगेर रोगीहरुको रक्त परीक्षण गरी औषधि उपचारका व्यवस्था गर्दै गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
समाचार ऑनलाइन खबर बाट
Posted by Butwalonline
on 7:25 AM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response