|

हराएको बुद्धको मूर्ति भारतीय सीमा नजिक पक्राउ

नेपालगन्ज, जेठ १ - सात महिनाअघि हुम्लाबाट हराएको बुद्धको मूर्ति आइतबार बाँकेको भारतीय सीमादेखि दुई किलोमिटर उत्तर सशस्त्र प्रहरीले फेला परेको छ। चाँदी र पित्तल प्रयोग गरी कास्मिरी कालिगढले तयार पारेको उक्त मूर्ति ११ सय वर्ष पुरानो भएको हुम्ला बडगाउँ-५ तोर्पास्थित खोरगुम्बाका टोप्डन लामाले बताए। 


'हिमाली टाइगर' बताउने समूहले हतियार देखाएर असोज २४ गते उक्त मूर्ति चोरी गरेको थियो। लामाका अनुसार मूर्ति तस्कर गिरोहले योसहित देवीदेउताका अन्य चार मूर्ति पनि लुटेका थिए।बाँकेको कालाफाँटा-५ बैचहवामा सशस्त्र प्रहरीले फेला पारेको १० इन्च उचाइको उक्त बुद्ध मूर्तिको तौल १० केजी छ।कालाफाँटाका कार्यरत सशस्त्र प्रहरी निरीक्षक शंकर सिहको टोलीले व्यापारीको बहाना गरेर मूर्ति पक्राउ गर्न सफल भएको बस्नेतले जानकारी दिए। निरीक्षक सिंहको समूहले ९ लाखमा उक्त मूर्ति खरिद गर्ने तय गरेपछि मूर्तिसहित स्थानीय ६० वर्षीय राजाराम शर्मा पक्राउ परेका छन्। सशस्त्रले पक्राउ गरेको मूर्तिलाई थप अनुसन्धानका लागि पुरातत्व  विभाग पठाउन आइतबार जिल्ला प्रहरीलाई बुझाइएको छ। हुम्लामा हराएको मूर्ति भारतीय सीमासम्म कसरी पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 7:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हराएको बुद्धको मूर्ति भारतीय सीमा नजिक पक्राउ"

Leave a reply